Bhakta Gurung

नमस्ते मेरो नाम भक्त गुरुङ , जन्म स्थान धादिङ निलकण्ठ न.पा सुनौला बजार जल्किनी ६। बुबा राम ब गरुङ र आमा देउमाया गुरुङ हुनुहुन्छ। हाईस्कुल सम्मको पढाई श्री भैरवी उच्च मा वि र बाँकी सरस्वती कलेजमा सम्पन्न भएको हो। समयको परिर्वतनसँगै ईस २००७मा परिवारको साथमा U.S.A, New York मा आएर बस्न थाले। म आफ्नो दैनिक कामबाट बचेको समयलाई समाज सेवामा लगाउन मन लागेकोले म (गुरुङ समाज U.S.A )मा रहेर समाजसेवा गर्न सुरू गरे।धेरै कुराहरु सिक्ने मौका पाएँ। हाल पनी गुरुङ समाजमा रहेर काम गरिरहेको छु। न्यूयोकमा धादिङ निवासी दाजु भाई दिदी बहिनीहरुको आउने क्रम बड्दै गयो र गईरहेको छ। यसैले हामीले विभिन्न पेशामा भएको व्यत्तित्त्वहरु सँग सर सल्लाह लिएर (धादिङ नेपाली समाज ) स्थापना गरेका छौ । समाजले चाहेजती उल्लेख्य काम गर्न नसके पनि सम्भव भएसम्मका कामहरु गर्दै आईरहेका छौ। म समाजलाई अझ स्तरयुत्त समाज कसरी बनाउन सकिन्छ भन्नेमा प्रयासरत छु। हाम्रो समाजमा अनुभवी अग्रजहरु भएकोले हामीलाई समाजमा रहेर काम गर्न पनी सजिलो भएको अनुभव गरेको छु।समाज सेवा लिनलाई नभई दिनको लागी हो भन्ने बुझेको छु।दिने भन्दैमा आर्थिक सहयोग मात्र होइन , जुनसुकै अनुभव आफु सँग छ त्यो अनुभवलाई समाजमा share गर्नु पनी समाज सेवा हो।यसर्थ हाम्रा धादिङ निवासी दाजुभाई दिदी बहिनीहरु सबैलाई समाज सँग आवद्ध हुन अनुरोध गर्दछु।विदेशमा समाज हाम्रो घर हो भन्ने बुझ्नुपर्छ जस्तो लाग्छ। धन्यवाद।

Urmila Shrestha