Bikash Kandel
General Secretary

नमस्कार:- मेरो नाम विकाश कडेल हो ।मेरो जन्म नेपालस्थीत धादिंग जिल्ला वेनिघाट गा.वि.स. वडा नं १ हाल :- वैनिघाट रोंराग गाउपालिका-३ मा आजभन्दा ४४ वर्ष अगाड़ी भएको हो । सन् १९९२ तिर एस एस सी उत्तिण पश्चात् अघ्ययनको सिलसिलामा अस्थायी रूपमा काठमाडौं वसाई सरेको थिए । हाल म अमेरिकाको न्यूयार्क राज्यमा सन् २००९ देखि सपरिवार वस्दै आएका छौं । मेरो साथमा श्रीमति सहित १ छोरी र १ छोरा रहेको छन् । मेरो शैक्षिक योग्यता नेपालमा रहदा त्रि वि अन्तर्गत मानविकी संकाय तथा शिक्षा संकायमा स्नातक गरेको छु । नेपालमा रहदा १२ वर्ष भन्दा वढी काठमाडौं रहेको अमरज्योति मा वि तथा कुलेस्वर स्कूलमा हाईस्कूल तहमा अध्यापन गरेको थिए भने अनामनगरमा स्थित स्टेसनरी तथा प्रिन्टीग प्रेशको पनि व्यापार व्यवसायी गरेको अनुभव छ । हाल म न्यूयार्कमा आफ्नै सेल्फ इम्लाइको काम गर्छु । नेपालमा रहदा सानै उमेरदेखि विघालय तहदेखि नै सामाजिक क्रियाकलाप देखि राजनैतिक परिवर्तनमा अग्र भागमा रहेर काम गरेको अनुभव छ । नेपाल रहदा आफू जन्मेको हुर्केको स्थानमा विभिन्न क्षेत्रमा जस्तै:- खानेपानी, सिंचाई, विघालय भवन निर्माण , क्लव , पुस्तकालय लगायत विविध सामाजिक क्रियाकलापमा स्वयंसेवकको रूपमा महत्वपूर्ण भूमिका निर्माण गरि आएको थिए । विघालयतह देखि नै नेपालमा हुने विभिन्न राजनैतिक परिवर्तनमा जस्तै:- पंचायती आन्दोलन तथा गणतन्त्र स्थापनामा आन्दोलनकारीको महत्वपूर्ण भूमिका निर्वाह गरेको थिए । विदेशी भूमिमा पनि आफूलाई सामाजिक क्रियाकलापमा आफूलाई सक्रिय राख्न म वसेको वरिपरि रहेको नेपालीहरूको विभिन्न गतिविधिमा सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाली समाजमा सक्रिय रूपमा रहेको रिजउड नेपाली समाजको हरेक गतिविधिमा पनि आफूलाई सक्रिय रूपमा राखेको छु । हाल म धादिंग नेपाली समाज अमेरिकाको महासचिवमा विगत नोभेम्वर २०१८ देखि हालसम्म रहेको छु । यो समाजको स्थापना कालदेखि नै संस्थापक रूपमा सक्रिय रहेको थिए । यसभन्दा वाहेक विदेशी भूमिमा रहेर पनि आफ्नो जन्म भूमि नेपाल तथा आफ्नै जन्म भूमि धादिंगको समग्र विकासको परिवर्तनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वा यहाँ रहेर पनि जिल्ला तथा यहाको रहने समग्र धादिंग वासीहरू तथा नेपालीहरूमा आइपर्ने हरेक समस्याहरूमा समाधानको निम्ती जिम्मेवारी रहदा वा नरहदा पनि आफ्नो क्षमताले भ्याएसम्म सेवामा तन मन र धनले भ्याएसम्म लागि रहने छु । साथै यो कार्यमा लाग्न सम्पूर्ण धादिंगेहरू तथा नेपालीहरू पनि विशेष आग्रह गर्छु । धन्यवाद महासचिव:- विकाश कडेल

Binod Ruwali
Secretary