धादिंग समाजको आबस्यकता महसुस भयो र जन्मियो

            आदरणिय बुबा-मुमा, दाजु-भाई, दिदी-बहिनी तथा घादिंग जिल्लासंग प्रत्यक्ष सरोकार रहनुहुने तथा अन्य शुभचिन्तक ज्युहरु, हामी हाम्रा बाघ्यता वा रहरले भनौ बिदेशमा बसेर कर्म गरिरहेता पनि हामी हाम्रो मात्रृभूमिलाई कदापी भुल्न सक्ने कुरै भएन। ।संयुक्त राज्य अमेरिकामा पनि हामी घादिंगबासीहरु घेरै पहिले देखि उल्लेखनिय संख्यामा बसोबास गर्दै आईरहेका थियौं। धेरै घादिंगबासी बसोबास गरेता पनि एकैसुत्रमा बाध्ने संगठन नभएकोले संम्पर्क र साझा उदेश्यमा कामगर्न पाईएको थिएन। तसर्थ, न्युयोर्कमा  बसोबास गर्ने घादिंगेहरुको पहलमा हाम्रो सस्कृती पराम्परालाई निरन्तरता दिदै हामीहरु बिच भाईचारा, सद्भाब र सहयोगको बाताबरण रहोस भन्ने अपेक्षाको साथ धादिंगेहरुलाई एउटै संस्थागत छाता भित्र ल्याउनको लागि 2017 को अन्त्यमा ‘धादिंग नेपाली समाज अमेरिका’ गठन गर्न सफल भएका थियौं।अक्टोबर27, 2017 को भेलाले म राजन गौलीको अध्यक्षतामा १५ सदस्यिय तदर्थ समिती गठन भएको थियो। 2018 को फेब्रुवरीमा यस संस्थालाई अमेरीकी कानुन अनुसार गैर नाफा मुलक ( Non Profit Organization) को रुपमा दर्ताभएकोछ।संस्था दर्ता प्रकृयाको लागि चाहिने आर्थिक र प्रबिधीक सहयोग म आफैले दायित्व पुरा गर्न पाएकोमा खुसीलागेको छ। र साथै संस्था स्थापना, दर्ता प्रकृया, बिधान लेखन तथा अन्य संस्थागत र कार्यक्रमको लागि सहयोग गर्नुहुने कार्यसमितीका साथिहरु, तमाम धादिंगे सहयोगी र शुभेक्छुकहरु सबैजना धन्याबादको पात्र हुनुहुन्छ।
            संस्था जन्मनु ठुलो कुरा होईन तर संस्थाको उदेस्य पुरा गराउनु र संस्थालाई जिबन्त राख्न सक्नु महत्वपुर्ण कुरा हो। यसकोलागि संस्थामा सबैको आफ्नोपन, जिम्मेबारी,  लगानी र माया हुनु जरुरत हुन्छ। तसर्थ सम्पुर्ण घादिंगबासीहरुलाई संगठिक गराउनको लागि हामीहरु लागि पर्यौं। किनकी  संस्था जन्मे पछि यस्लाई हुर्काउन र गतिशिल गराउन सबैको सहभागिता र सहयोगको टड्कारो खांचो रहन्छ।
          एक बर्षेकार्यकालमा बिेषेसत: संस्था दर्ता गर्ने, बैंकिक एकान्ट खोल्ने, ट्याक्स आई डी नम्बर लिनेकाम पुरा भयो भने यसै न्युयोर्कमा रहेका अन्य संधसंस्थाहरु संग सहकार्य गर्दै घादिंग समाजलाई एउटा सकृय संस्थाको रुपमा चिनारी गराउन सफल भयौं।
            कुनै पनि संस्थाको मेरुदन्ड नै रजिस्टर्ड सदस्यसंस्या र उहांहरुको कृयासिलता हो भनेने सिद्दान्तलाई आत्मसाथ गरी  सदस्यता बिस्तार  लाई ब्यापक बनाईयो I यसै बिचमा जम्मा साधारण सदस्य 356 र सकृय सदस्य 19 बनिसक्नु भएको थियो। भने सदस्य सुल्क र अन्य सहयोगबाट संस्थामा $11,000.00 रकम पनि मौजाद हुन आएको थियो। 

             तदर्थ समितिले संगठनको कानुनी प्रकृया पुरागरी सदस्य बिस्तार गरिसके पछि १ बर्ष अबधिमा नै अघिबेशन गराउनु पर्छ भन्ने ठोस लक्ष्य राखेको हुनाले यस संस्थाको पहिलो एैतिहासिक अधिबेशन October 6, 2018 मा निर्बिबाद रुपमा निर्बाचन सम्पन्न गरी नयँ निर्बाचित कार्य समितीलाई हस्तान्तरण गरीयो।
              यो संस्था मानबिय हितकोलागि समर्पित गैर नाफामुलक संस्थाहो।हामी अमेरिकामै बसोबास गर्ने नेपालीहरुलाई पर्नसक्ने आकस्मिक सहयोगको र त्यस्तै नेपालमा रहनुहुने ब्यक्तिहरुको भबितब्य सहयोग, वा सामाजिक सेवाहरु जस्तै शिक्षा तथा स्बास्थ्य तथा क्षमता बिकास र अभिमुखिकरण क्षेत्रमा केहि गर्न सकिन्छ की भन्ने उद्देस्यले खोलिएको हो। साझा भाबना, साझा उद्देस्य र सहभागिता र सहयोगले नै संस्था जिबन्त रहन्छ। तसर्थ संस्थालाई जिबन्त बनाउन लागौं।
              अन्तमा, संस्थामा आबद्द सम्पुर्ण घादिंगबासी र अन्य शुभेक्छुकहरुलाई पुन घन्यबाद दिन चाहन्छु । सँस्था प्रति मेरो संधै साथ सहयोग र संरक्षण रहने कुरा प्रण गर्दछु।       
                            कुलप्रसाद गौली ( राजन गौली)